
झापा । झापामा खोलाले बगाउँदा आज एक बालकको मृत्यु भएको छ । कनकाई नगरपालिका ९ मा रहेको बिरिङ खोलाले बगाउदा घैलाडुब्बाका १५ बर्षीय गोबिन्द साहको मृत्यु भएको हो ।
दिउँसो भैंसीलाई पानी खुवाउन खोलामा लगेका बेला उनलाई खोलाले बगाएको थियो । स्थानीयले खोलाबाट उद्धार गरी उपचारका लागि लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।















