संगालोखबर सम्बाददाता

सोलुखुम्बु । सोलुखुम्बुको दुधकुण्ड–८ चागेस्थानमा रहेको चागेस्थान मन्दिरको मुर्ती चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३५ बर्षीय रमेश मगर छन् ।

Advertisement

आईतबार दिउँसो करिब साढे १२ बजे मन्दिरबाट दुई वटा सिंहको मुर्ती हराएको थियो । खोजी गर्दा हराएको मुर्ती नभेटिएपछि मन्दिर व्यवस्थापन समितिले जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा खबर गरेका थिए । त्यसपश्चात अनुसन्धान थालेको प्रहरीले ओखलढुंगाको सिद्धिचरण–११ स्थित एक होटलबाट मगरलाई मुर्तीसहित पक्राउ गरेको हो ।

पक्राउ परेका मगरबिरुद्ध कारबाही प्रकृया अघि बढाईएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!