संगालोखबर सम्बाददाता

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक सबै मोरङका हुन् । कोरोना संक्रमित विराटनगरका २ महिला तथा बुढीगंगा र धनपालथानका १/१ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा हालसम्म मृत्यु हुने कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । जसमध्ये प्रदेश १ स्थायी ठेगाना भएका २७ छन् भने १२ जना प्रदेश १ बाहिरका हुन् ।

Advertisement

यसैबीच प्रदेश १ मा आज ५३ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ७ सय ६१ जनाको पीसीआर परीक्षण गर्दा २३ महिला र ३१ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । मोरङका ३४, सुनसरीका १३, झापाका ५ र इलामका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मोरङको विराटनगरका १४ महिला १४ पुरुष, पथरीशनिश्चरेका २, लेटाङ, कटहरी र रंगेलीका १÷१ पुरुष र जहदाकी १ महिलामा संक्रमण देखिएको छ । यता, सुनसरीको इटहरीका २ महिला ६ पुरुष, धरानका ४ महिला १ पुरुष पनि संक्रमित भएका छन् ।

त्यस्तै, झापाको दमकका १ महिला २ पुरुष, विर्तामोडका १ र स्थानीय तह नखुलेका १ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । इलामको चुलाचुलीका १ पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ८ सय ७९ पुगेको छ । जसमध्ये १ हजार ८ सय ३५ जना निको भएका छन् ।

प्रदेश १ मा आज पनि १६ जना डिस्चार्ज भएका छन् । उनीहरु सवै कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!