संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाका थप एक जना पुरुषमा आज कोरोना संक्रमण पुष्टि भएको छ । शहिदभूमी गाउँपालिका–२ का ४० बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

उनी ईण्डियन आर्मी हुन् । केही दिनअघि भारतबाट फर्किएका उनी थलथले क्वारेन्टाईनमा थिए । स्वाब संकलन गरी धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईँले जानकारी दिए ।

योसँगै धनकुटामा कोरोना संक्रमण पुष्टि हुँनेको संख्या ४० पुगेको छ । जसमध्ये २० जना कोरोना संक्रमण मुक्त भईसकेका छन् । बाँकी १९ कोरोना संक्रमितको धनकुटाको औद्योगिकग्रामस्थित आईसोलेशनमा उपचार भईरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!