संगालोखबर सम्बाददाता

धरान । धरानमा मोटरसाईकलको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ । धरान–८ तिनकुनेस्थित कोशी राजमार्गमा मोटरसाईकलले ठक्कर दिँदा पहिचान नखुलेकी बृद्धाको मृत्यु भएको हो ।

Advertisement

ईटहरीबाट धरान आउँदै गरेको को.८ प.९३०२ नम्बरको मोटरसाईकलले मंगलबार साँझ करिब साढे ७ बजे बृद्धालाई ठक्कर दिएको हो । ठक्करबाट गंभीर घाईते भएकी उनको बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा राती करिब ९ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

करिब ७०/७५ बर्ष उमेर जस्तो देखिने ती बृद्धाको पहिचान खुलेको छैन । घटना पश्चात मोटरसाईकल चालक धरान–१७ का ३० बर्षीय राम पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!