संगालोखबर सम्बाददाता

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले ६ दिनका लागि निषेधाज्ञा थपेको छ । प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले मंगलबार राती १२ बजेदेखि भदौ २२ गते राती १२ बजेसम्मका लागि खुकुलो प्रावधानसहित निषेधाज्ञा घोषणा गरेका हुन् ।

Advertisement

निषेधाज्ञा अवधिमा निजी सवारी साधनलाई जोरबिजोर प्रणाली लागु गरिएको छ । जस अनुसार जोर गते जोर नम्बर भएका र बिजोर गते बिजोर नम्बर भएका निजी सवारी साधन सञ्चालन हुन पाउँनेछन् । सिटी रिक्सामा पनि जोरबिजोर प्रणाली अनुसार एक पटकमा दुई जनासम्म मात्र यात्रु राखेर सञ्चालन गर्न दिईनेछ ।

यता, खाद्यबस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफुल, दुध, डेरी, हार्डवेयर, कपडा पसल लगायतलाई सुरक्षा मापदण्ड पालना गर्दै दिउँसो ४ बजेसम्म सञ्चालन गर्न दिईनेछ । त्यस्तै, होटल तथा रेष्टुरेन्टले अनलाईन अर्डरका होम डेलिभरी तथा ग्राहक स्वयम् आएर प्याकिङ गरी लैजाने टेक अबे बिधि प्रयोग गर्न पाउँनेछन् ।

यस्तो छ थप प्रावधान….

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!