संगालोखबर सम्बाददाता

विराटनगर । प्रदेश १ का पाँच जिल्लामा आज ८७ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार १ सय ७५ जनाको पीसीआर परीक्षण गर्दा २१ महिला र ६६ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुँनेमा सुनसरीका ५६, मोरङका १५, झापाका १४ तथा पाँचथर र धनकुटामा १/१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार सुनसरीको इनरुवामा ४ महिला २२ पुरुष, इटहरीमा ३ महिला १८ पुरुष, दुहवीमा ३ महिला ४ पुरुष र धरानमा १ महिला १ पुरुषलाई कोरोना संक्रमण देखिएको छ । यता, मोरङको विराटनगरमा ३ महिला ७ पुरुष, बेलबारीमा २ महिला १ पुरुष र रतुवामाईमा २ पुरुषमा संक्रमण देखिएको छ । झापाको दमकमा ३ महिला ५ पुरुष, बाह्रदर्शीमा १ महिला ३ पुरुष, गौरीगञ्ज तथा कमल गाउँपालिकामा १/१ पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ ।

यता, धनकुटा नगरपालिकाका १ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै पाँचथरको फिदिमका १ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म प्रदेश १ मा ९० हजार १ सय ६५ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेश १ मा आज १४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १२ र कोभिड १९ आईसोलेसन केन्द्र, रंगेलीबाट २ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ६ सय ३ पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!