
धरान । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा सोमबार राती एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सिरहाको मिर्चैया–६ का ६५ बर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा राती करिब ८ः४५ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
भदौ ९ गते पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको थियो । बिराट मेडिकल कलेजले रेफर गरेर पठाएका उनलाई भदौ १० गते प्रतिष्ठानमा भर्ना गरिएको हो । खोकी, स्वास फेर्न कठिनाई हुने र अत्याधिक टाउको दुख्ने समस्या भएका उनको स्वास्थ्य अवस्था जटिल बनेपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले बताए ।
मधुमेह, उच्च रक्तचापको समस्यासमेत भएका उनलाई दुई पटक डायलायसिससमेत गरिएको थियो । योसँगै प्रतिष्ठानमा मृत्यु हुँने कोरोना संक्रमितको संख्या १९ पुगेको छ । आईतबार पनि प्रतिष्ठानमा धरानका कोरोना संक्रमित आमा–छोराको मृत्यु भएको थियो ।















