संगालोखबर सम्बाददाता


विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण भएको छ । प्रदेश प्रयोगशाला विराटनगरमा सोमबार साँझ गरिएको पीसीआर परीक्षणमा मन्त्री घिमिरेलाई संक्रमण पुष्टि भएको हो ।

भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि घिमिरेलाई झाडापखाला लागेको थियो । सोमबारदेखि ज्वरो पनि आएको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ ।

Advertisement

शनिबार साँझदेखि घिमिरे निवासमै छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!