
विराटनगर । प्रदेश नं.१ का चार जिल्लामा आज ५६ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमण पुष्टि हुँनेमा १७ महिला र ३९ पुरुष छन् । १ हजार ३ सय ९२ जनाको पीसीआर परीक्षण गर्दा सुनसरीका २६, मोरङका १७, संखुवासभाका ९ र झापाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सुनसरीको धरानमा ६ महिला १४ पुरुष, कोशी गाउँपालिकामा ३ पुरुष, देवानगञ्ज र इनरुवामा १–१ पुरुष र इटहरीमा १ महिला संक्रमित भएका छन् । त्यस्तै मोरङको विराटनगरमा ५ महिला ६ पुरुष, लेटाङमा १ महिला ४ पुरुष र बुढीगंगामा १ महिलाको रिपोर्ट पोजेटिभ आएको छ ।
संखुवासभाको खाँदबारीमा १ महिला ८ पुरुष र झापाको कमल गाउँपालिकामा २ महिला २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश १ मा हालसम्म ८८ हजार ९ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ३ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार ५ सय ८९ जना निको भईसकेका छन् ।
आज पनि ५४ कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । वी.जेनरल आईसोलेसन केन्द्र, हरिनगर सुनसरीबाट ३२ र इलाम अस्पताल आईसोलेसन केन्द्र, इलामबाट १८ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनमा भएका ४ जना पनि निको भएको मन्त्रालयले जनाएको छ ।















