संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

विराटनगर । सुनसरी र झापाका दुई स्थानमा पानीमा डुबेर शनिवार दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुँनेमा सुनसरीको ईनरुवा नगरपालिका–८ का १२ बर्षीय बसिम मिया र झापाको भद्रपुर नगरपालिका–४ महेशपुरका १८ बर्षीया कमला चेम्जोङ छन् ।

घर नजिकै जमेको पानीमा दिउँसो माछा मार्ने क्रममा डुब्दा ईनरुवाका मियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Advertisement

यसैगरी देउनिया खोलामा पौडी खेल्ने क्रममा डुब्दा भद्रपुरकी चेम्जोङको मृत्यु भएको हो । अपरान्ह ४ बजे निगुरो टिप्न गएको अवस्थामा खोलामा पौडी खेल्ने क्रममा डुबेर चेम्जोङ घाईते भएकी थिईन् ।

उपचारका लागि ओमसाई अस्पताल भद्रपुर पुर्याईएकी उनको अपरान्ह ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!