
विराटनगर । प्रदेश १ का पाँच जिल्लामा शनिवार १११ कोरोना संक्रमित थपिएका छन् । झापा, मोरङ, सुनसरी, धनकुटा र संखुवासभाका ३३ महिला र ७८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
झापाको झापा गाउँपालिकामा ३ जना र दमक नगरपालिकामा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, मोरङको बिराटनगरमा २१ जना, सुन्दरहरैंचामा २ जना, पथरीशनिश्चरेमा ७ जना, बेलबारीमा १ जना, सुनबर्सीमा १ जना र कटहरीमा १५ जना कोरोना संक्रमित थपिएका छन् ।
त्यस्तैगरी सुनसरीको ईटहरीमा ९ जना, धरानमा ६ जना र दुहबीमा ९ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । यता, धनकुटाका १९ जना र संखुवासभाको खाँदबारीका २ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार १ सय ५५ पुगेको छ भने १ हजार ५ सय १७ जना निको भएका छन् । प्रदेशमा हालसम्म २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमध्ये २० जना प्रदेश १ का हुन् भने बाँकी १ नम्बर प्रदेश बाहिरका रहेको मन्त्रालयले जनाएको छ ।















