प्रेम देवान

विराटनगर । विराटनगरमा खुला छाडिएका चौपायको घाँटीमा ट्राफिक प्रहरीले राती टल्कने स्टीर माला लगाउँन थालेको छ । सवारी दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीले यस्तो अभियान थालेको हो ।

Advertisement

ट्राफिक प्रहरीले विराटनगर–७ घाँस चौकमा खुला छाडिएका चौपायलाई नियन्त्रणमा लिएर टल्किने माला लगाएको छ । सवारी चालकलाई राती चौपाय देख्न सजिलो बनाई दुर्घटना न्यूनिकरण गर्ने उद्धेश्यले चौपायको घाँटीमा टल्किने स्टीकरको माला लगाउँन थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक राकेश कुमार पोद्धारले जानकारी दिए ।

सडकमा छाडिएका गाईवस्तुलाई विराटनगर महानगरले कहिले काँही नियन्त्रण लिई गाईबस्तु धनीलाई जरिवाना तिराएर छोड्ने गरेको छ । जरिवाना काटेपनि चौपायहरु सडक मै छाड्ने र यसले धेरै सवारी दुर्घटना नित्याउने गरेको छ । छाडा छोडिएका चौपायाकै कारण केही दिन अघि विराटनगर बसपार्कमा दुर्घटना भएको थियो । महानगरमा खुला छाडिएका चौपाय राख्ने ट्रान्जिट हाउससमेत नहुँदा समस्या हुदै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!