संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

बिराटनगर । मोरङको बेलबारी नगरपालिका–५ कसेनीमा आज दिउँसो युवाहरुबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । चार जना घाईते भएका छन् ।

कसेनीस्थित लोहन्द्र पुलमा दिउँसो करिब १ बजे युवाहरुबीच कुटाकुट हुँदा ४० वर्षीय चन्द्रकुमार राईको मृत्यु भएको प्रहरीले जनाएको छ । झगडामा परी राईसहित पाँच जना घाईते भएका थिए । उपचारका लागि उनीहरुलाई विराट मेडिकल कलेज लगिएको थियो । उपचारकै क्रममा दिउँसो करिब ३ बजे राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घाईते भएका सईकुमार राई, समुन्द्र राई, गौरव राई र जितेन चौधरीको उपचार भईरहेको छ ।

Advertisement

प्रहरीका अनुसार स्थानीय युवाहरु जितेन चौधरी, दिनेश श्रेष्ठ, सन्तोष मगर तथा विक्रम राईको समूह र चन्द्रकुमार राई, सईकुमार राई, समुन्द्र राई र गौरव राईको समूहबीच कुटाकुट भएको हो । उनीहरुबीच हिजो बेलुकादेखिनै विवाद सुरु भएको थियो । सोही विवाद बढ्दै गएर झगडामा परिणत भएको हो ।

झगडामा खुकुरी, बन्चरो लगायत हतियार प्रयोग भएका छन् । उनीहरुको विवादको बारेमा भने केही खुलेको छैन । घटनामा संलग्न दिनेश श्रेष्ठ, सन्तोष मगर र विक्रम राई फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!