
विराटनगर । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गको जंगलमा एक बालिका बलात्कृत भएकी छन् । स्थानीय दलित समुदायकी १६ बर्षीया बालिकामाथि चार जनाले बलात्कार गरेको घटना सर्वजनिक भएको हो ।
बलात्कार आरोपमा भाउन्नेका ४० बर्षीय होम तामाङबिरुद्ध बालिकाका आफन्तले किटानी जोहेरी दिएको ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले संगालोखबरलाई जानकारी दिए ।
घटना गत मंगलबारको हो । प्रहरीका अनुसार ती बालिकासहित छिमेकी १२, १३ र १४ बर्षीय बालक निगुरो टिप्न जंगल गएका थिए । सोही क्रममा जंगल मै पुगेका तामाङले बालकहरुलाई बालिकामाथि यौन सम्पर्क गर्न लगाए । तीनै जना बालकहरुलाई ती बालिकासँग यौन सम्पर्क गर्न लगाएर उनले पनि बालिकामाथि यौन शोषण गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरी निरीक्षक ढकालले बताए ।
घटनापश्चात गाउँ घरमा बालकहरुबाट कुरा खुलेपछि बालिकाका आफन्तले प्रहरीमा उजुरी दिएका हुन् । आरोपित तामाङकी श्रीमतिले उनलाई केही बर्षअघि नै छोडेकी थिईन् । उनी भाईको घरमा बस्दै आएका थिए । घटनापछि उनी फरार छन् । प्रहरीले आरोपित तामाङको खोजि गरिरहेको छ । बालिकालाई स्वास्थ्य परीक्षणका लागि बिराटनगर पठाईएको प्रहरीले जनाएको छ ।















