
धरान । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आज साँझ एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सिरहा नगरपालिका–१ सिरहाका ५५ बर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
उपचारका लागि प्रतिष्ठान आएका उनमा भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपश्चात प्रतिष्ठानको आईसोलेशनमा रहेका उनको आज साँझ ६ः४५ बजे उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए ।
उनलाई अत्याधिक खोकी, स्वासप्रश्वासमा समस्या र ज्वरो आएको थियो । उच्च रक्तचापका बिरामीसमेत रहेका उनले २० बर्ष अगाडी क्षयरोग लागेर १८ महिनासम्म औषधि सेवन गरेका थिए ।















