संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटामा कोरोना संक्रमितको उपचारका लागि २० बेडको आईसोलेशन निर्माण गरिएको छ । प्रदेश सरकारले उपलब्ध गराएको बजेटबाट जिल्ला अस्पतालले धनकुटाको औद्योगिक ग्राममा आईसोलेशन कक्ष निर्माण गरेको हो ।

Advertisement

आईसोलेश कक्ष निर्माण भएसँगै अब आईतबारबाट धनकुटामै कोरोना संक्रमितको उपचार थालिने जिल्ला अस्पतालका प्रमुख डा.पुजन विश्वकर्माले संगालोखबरलाई जानकारी दिए । ‘आईसोलेशन कक्ष बनिसकेको छ । अब धनकुटामा नयाँ कोरोना संक्रमित भेटिएमा आईतबारबाटै यही राखेर उपचार गर्ने तयारी गरेका छौं ।’ डा. विश्वकर्माले भने ।

यसअघि धनकुटामा भेटिएका कोरोना संक्रमितलाई उपचारका लागि बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान, कोभिड–१९ उपचार केन्द्र बिराटनगर र मोरङको गोठगाउँमा रहेको कोरोना अस्पतालमा पठाउँने गरिएको थियो । अहिले पनि धनकुटाका दुई जनाको गोठगाउँ र एक जनाको बिराटनगरमा उपचार भईरहेको छ । अब धनकुटाका नयाँ संक्रमितलाई जिल्लामै राखेर उपचार गर्ने तयारी भएको हो ।

धनकुटामा आईसोलेशन कक्ष निर्माणका लागि प्रदेश सरकारले जिल्ला अस्पताललाई ५ लाख बजेट उपलब्ध गराएको थियो । अहिले २० बेडको आईसोलेशन निर्माण गरिएको भएपनि आवश्यकता अनुसार ४० बेडसम्म पुर्याईने जिल्ला अस्पतालले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!