
बिराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–६ मा आज मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.२९ प.६९५२ नम्बरको मोटरसाईकलले बिहान करिब ११ बजे बाटो क्रस गर्दै गरेको साईकललाई ठक्कर दिएको हो ।
ठक्करबाट मोटरसाईकल चालक सिमरा–८ बाराका ४५ बर्षीय राजकुमार पुलामी, साईकल चालक स्थानीय २८ बर्षीय नवराज बराईली र साईकलको पछाडी सवार ४५ बर्षीय डम्बरबहादुर श्रेष्ठ घाईते भएका थिए । घाईते तीनै जनालाई उपचारका लागि बिराट नर्सिंङहोम पठाईएको थियो ।
साईकलमा पछाडी सवार श्रेष्ठको उपचारका क्रममा दिउँसो मृत्यु भएको हो । अन्य दुबै जना घाईतेको उपचार भईरहेको छ । मोटरसाईकललाई प्रहरी चौकी गछियाले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।















