संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटामा थप ६ दिन निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालयले बिहिबार राती १२ बजेदेखि भदौ १७ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थपेको हो ।

Advertisement

जिल्ला संकट व्यवस्थापन समितिको सिफारिस अनुसार केही खुकुलो पार्दै निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमलीले संगालोखबरलाई जानकारी दिए ।

यसअघि गत भदौ ४ गतेदेखि आज राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । यसअघिको निषेधाज्ञामा खाद्यान्न, फलफूल, तरकारी, दलहन, तेलहन, माछामासु लगायतका पसलहरु बिहान ७ बजेदेखि १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खोल्न दिईएको थियो ।

तर, अब बिहान ७ बजेदेखि १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म सबै किसिमका पसलहरु खोल्न दिने निर्णय भएको प्रजिअ बिमलीले जानकारी दिए ।

यता, शैलुन, व्यूटी पार्लर, जिमखाना, व्यामसाला, व्याडमिन्टन हल, फिल्म हल, मठ मन्दिर, चर्च, मस्जिद, मदरसा लगायतलाई भने खुल्ला गर्न रोक लगाईएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!