संगालोखबर सम्बाददाता

धरान । धरानबाट प्रतिबन्धित औषधिसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१५ गणतन्त्र बस्तीका ३७ बर्षीय राज कुमार चौधरी छन् ।

Advertisement

घरको कोठामा प्रतिबन्धित औषधी संचय र दुरुपयोग गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । सो सूचनाका आधारमा गएको प्रहरी टोलीले चौधरीको कोठामा खानतलासी गर्दा कोठा भित्र टिनको बाकस माथी बुफर भित्र लुकाएर राखिएको अवस्थामा स्पास्मो प्रोक्सिभोल प्लस नामक प्रतिबन्धित औषधि ३ हजार क्याप्सुल बरामद भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

कोठाबाट औषधि बरामद भएपछि प्रहरीले चौधरीलाई पक्राउ गरेको हो । पक्राउ परेका चौधरीसहित औषधिसमेत आवश्यक कारबाहीका लागि औषधि व्यवस्था बिभाग बिराटनगर पठाईएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!