संगालोखबर सम्बाददाता

धरान । बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा आज बिहान कोरोना संक्रमित एक बृद्धाको मृत्यु भएको छ । धरान–१५ की ७१ बर्षीया बृद्धाको उपचारका क्रममा बिहान करिब ११ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

Advertisement

एन्फा क्वारेनटाईनमा रहेकी उनको साउन २३ गते पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । त्यसको भोलिपल्ट उनलाई प्रतिष्ठानमा राखिएको थियो । उनलाई अत्यन्तै खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या हुने र ज्वरो आएको थियो । दम र मुटुको रोगसमेत रहेकी उनको उपचारकै क्रममा मृत्यु भएको प्रतिष्ठानमा प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए ।

यसअघि हिजोसाँझ मोरङको बुढिगंगा–२ की ६७ बर्षीया कोरोना संक्रमित महिलाको पनि उपचारकै क्रममा प्रतिष्ठानमा मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय १७ पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!