
धनकुटा । क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय बिराटनगरमा सह–परीक्षा नियन्त्रकको रुपमा नियुक्त भएका धनकुटा बहुमुखी क्याम्पसका उप–प्राध्यापक नन्द न्यौपानेलाई मंगलबार धनकुटामा बधाई ज्ञापन गर्दै बिदाई गरिएको छ ।
नेपाल प्रगतिसिल प्राध्यापक संगठन धनकुटा बहुमुखी क्याम्पस कमिटीले कार्यक्रम आयोजना गरी न्यौपानेलाई बधाई दिदै बिदाई गरेको हो । धनकुटा बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा क्याम्पस प्रमुख होमबहादुर बस्नेत, संगठनका सचिव मिनप्रसाद अधिकारी लगायतले न्यौपानेलाई खादा र अबिर लगाएर बधाई ज्ञापन गरेका थिए ।
यसैबीच नेकपाका सचिवायल सदस्यसमेत रहेका न्यौपानेलाई नेकपाले पनि एक कार्यक्रम गरी बधाई ज्ञापन गर्दै विदाई गरेको छ । त्रिभुवन विश्वविद्यालयले सह–परीक्षा नियन्त्रकको रुपमा नियुक्त गरेका न्यौपानेले बुधबार नै क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय प्रमुखको पदभार सम्हालेका गरेका छन् ।















