
मोरङ । बिराटनगर महानगरपालिका–१४ मा आज पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । स्थानीय माई पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बिराटनगर–१५ का १६ बर्षीय बिशाल चौधरीको मृत्यु भएको हो ।
उनी बिहान करिब ९ बजे पोखरीमा डुबेर बेपत्ता भएका थिए । खोजतलास गर्ने क्रममा दिउँसो सवा १ बजे पोखरीमा उनको शव फेला परेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।















