
झापा । झापाको मेचीनगरबाट गएराती १९ लाख बराबरको अबैध औषधी र कपडा बरामद भएको छ । मेचीनगर नगरपालिकाका बिभिन्न स्थानबाट अबैध सामान बरामद भएको प्रहरीले जनाएको छ ।
गएराती करिव १ बजे भारतबाट नेपालतर्फ चोरी तस्करी गरी अबैध रुपमा ल्याउँदै गरेको ओरीयन्स कम्पनीको औषधी र कुर्ता सुरुवाल जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो ।
बरामद भएको औषधी तथा कपडा आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।















