संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

संखुवासभा । संखुवासभामा ढुङ्गा झरेर स्काभेटरलाई किच्दा चालकको मृत्यु भएको छ । चिचिला गाउँपालिका–२ गोगनेमा ढुङ्गाले स्काभेटर किच्दा मकवानपुरको राक्सिराङ गाउँपालिका–५ का ३१ बर्षीय स्काभेटर चालक हर्क बहादुर तामाङको मृत्यु भएको हो ।

मंगलवार दिउँसो करिव दुई बजे रानीढुङ्गा कन्ट्रक्सन सेवा प्रा.लि.द्वारा संचालित बा.२ क. ५४०८ नम्बरको स्काईभेटरलाई निर्माणाधिन सडकमा सोलिङ गर्न ढुङ्गा फुटाउने क्रममा माथिबाट झरेको ढुङ्गाले किचेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!