संगालोखबर सम्वाददाता

सुनसरी । धनकुटाको पाख्रीबास नगरपालिका–८ मुगाका सन्दिप राई धरानबाट गाँजासहित पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–२० बिष्णुपादुकाबाट २९ बर्षीय राईलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

अस्थायी प्रहरी पोष्ट बिष्णुपादुकाबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । उनको साथबाट ५ किलो गाँजा बरामद भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । राईको कारोबारका बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यसअघि साउन ९ गते धनकुटाको साँगुरीगढी गाउँपालिका–९ का १९ बर्षीय सुजन राई पनि दुई किलो गाँजासहित धरानको बिष्णुपादुकाबाटै पक्राउ परेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!