संगालोखबर सम्वाददाता


धनकुटा । धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद कुसुम कुमारी श्रेष्ठमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश सांसद श्रेष्ठसहित उनका श्रीमान नयनमा पनि कोरोना संक्रमण देखिएको छ ।

धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा उनीहरुमा आज कोरोना संक्रमण पुष्टि भएको हो । इटहरी बस्दै आएकी सांसद श्रेष्ठ, उनका श्रीमान र सवारी चालकले गत शनिबार धरान–१५ मा स्वाब दिएका थिए । उनीहरुसहित स्वाब परीक्षणमा पठाईएका २६७ जनामध्ये ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

सांसद श्रेष्ठ दम्पती र धरानका ६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले संगालोखबरलाई जानकारी दिए ।

कोरोना संक्रमित सांसद श्रेष्ठ दम्पती अहिले ईटहरीमा छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!