धरान । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको ओपीडी भोली (बुधबार) देखि बन्द हुँने भएको छ । प्रतिष्ठानले आज सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि ओपीडी बन्द गर्ने निर्णय भएको जानकारी दिएको हो ।
कोरोना संक्रमण फैलिएका कारण स्थानीय सरकारले ७ दिनका लागि लकडाउन गरेको र प्रतिष्ठान भित्र पनि कोरोना फैलिएकाले ओपीडी बन्द गर्नु परेको प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा.बिकास शाहले जनाएका छन् ।