संगालोखबर सम्वाददाता

बिराटनगर । प्रदेश १ का तीन जिल्लामा आईतबार ४० जना कोरोना संक्रमित थपिएका छन् । मोरङ, सुनसरी र झापामा १३ महिला र २७ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

जसमध्ये मोरङका २९ जना, सुनसरीका ६ जना र झापाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । मोरङ जिल्लामा थपिएका २९ जना नै संक्रमित बिराटनगरका हुन् । बिराटनगरका १० महिला र १९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

सुनसरीमा दुई महिला र चार पुरुषमा संक्रमण देखिएको छ । धरानका एक महिला र दुई पुरुष, ईटहरीका एक महिला, एक पुरुष र बर्जुका एक पुरुषमा संक्रमण भेटिएको हो ।

त्यस्तैगरी झापाको बाह्रदर्शीका एक महिला र एक पुरुष, अर्जुनधाराका दुई पुरुष र दमकका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ३२ पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!