संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा बहुमुखी क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरुले आज क्याम्पसमा तालबन्दी गरेका छन् । आंशिक प्राध्यापकहरुलाई करार गर्न माग गर्दै उनीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएका हुन् ।

Advertisement

समान कामको समान ज्यालासहित आंशिक प्राध्यापकहरुको दिगो व्यवस्थापन (करार) र पेशागत सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने, आंशिक प्राध्यापकसँग भएका सहमति कार्यान्वयन गर्नुपर्ने र विश्वविद्यालयलाई प्राज्ञिक उन्नयन तथा अनुसन्धान केन्द्रको रुपमा बिकास गर्नुपर्ने उनीहरुको माग छ ।

आंशिक प्राध्यापकहरुले माग पुरा गराउँन यसअघि पनि पटक–पटक दवाव दिदै आएका थिए । क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकलाई करार सेवामा लग्न माग गर्दै उनीहरुले ०७६ फागुन ११ गते क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाएका थिए । त्यसपछि क्याम्पस प्रशासनसँग भएको बार्तामा आंशिक प्राध्यापकका माग संबोधनका लागि दवाव दिन त्रिभुवन विश्वविद्यालयमा जाने सहमति भएको थियो ।

तर, त्यसपछि पनि आंशिक प्राध्यापकका माग संबोधनका लागि कुनै पहल नभएपछि देशव्यापी कार्यक्रम अनरुप तालबन्दी गरिएको आंशिक प्राध्यापक समिति धनकुटा बहुमुखी क्याम्पसका सचिव रमेश श्रेष्ठले जानकारी दिए । धनकुटा बहुमुखी क्याम्पसमा हाल १४ जना आंशिक प्राध्यापक कार्यरत छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!