संगालोखबर सम्बाददाता

विराटनगर । प्रदेश १ का दुई जिल्लाका ५८ जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएको छ । मोरङमा ४८ र सुनसरीमा १० जना कोरोना संक्रमित थपिएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

Advertisement

जसमध्ये विराटनगरका २६ पुरुष ७ महिला, बुढीगंगाका १२ पुरुष, धनपालथान, कटहरी र उर्लाबारीका १÷१ जना महिला, सुनसरीको धरानका २ महिला २ पुरुष, दुहवीका ३ पुरुष १ महिला र इनरुवाका २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजा ३ सय ८३ पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!