संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरका तीन पत्रकारमा कोरोना संक्रमण देखिएको छ । बिराटनगरबाट प्रकाशित हुँने दैनिक पत्रिकामा कार्यरत दुई र साप्ताहिक पत्रिकामा कार्यरत एक पत्रकारसहित बिराटनगरका ५५ जनामा सुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

संक्रमण पुष्टि भएका पत्रकार संजिव खनाल र कमल रिमालले आफु संक्रमित भएको सामाजिक सञ्जाल फेसबुक स्टाटसमार्फत जानकारी गराउँदै केही दिन यता आफ्नो सम्पर्कमा पुगेकाहरुलाई पीसीआर परीक्षण गराउँन सुझाव दिएका छन् । ‘मलाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ । मेरो अवस्था सामान्य छ । होम आइसोलेसनमा बसेको छु ।’ पत्रकार खनालले फेसबुकमा लेखेका छन्–‘पछिल्लो दश दिनमा मेरो सम्पर्कमा आउनुहुने सम्पूर्ण साथीहरुलाई सतर्क रहेर कोरोना जाँच गराउनुहुन हार्दिक अनुरोध गर्दछु ।’

यता पत्रकार रिमालले पनि आफ्नो सम्पर्कमा पुगेकाहरुलाई पीसीआर परीक्षण गर्न फेसबुक मार्फत सुझाव दिएका छन् । ‘केही दिन यता मेरो प्रत्यक्ष सम्पर्कमा आउनु हुने सम्पुर्णमा तत्कालै पीसीआर परिक्षण गर्नुहुन अनुरोध छ ।’ रिमालको स्टाटसमा भनिएको छ । संगालोखबरसँगको टेलिफोन कुराकानीमा रिमालले आफुलाई केही दिन यता ज्वरो आएको र पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको जानकारी दिए ।

उनीहरुसँगै काम गर्ने अन्य पत्रकारको पनि स्वाब संकलन गरिएको छ । तर, रिपोर्ट आउँन बाँकी छ । शुक्रबार दिउँसो ३३ जना र साँझ २२ जनाको रिपोर्ट पोजिटिभ आएसँगै विराटनगरमा कोरोना संक्रमण पुष्टि हुँनेको संख्या २ सय ४५ पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!