
ईलाम । ईलामको माई खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । माई खोलाले बगाउँदा माई नगरपालिका–२ का १४ बर्षीय रुबिन मगर बेपत्ता भएका हुन् ।
गाई बस्तु चराउन गएका मगरलाई बिहिवार बेलुका माई खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । प्रहरी र स्थानीयबासीले उनको खोजी गरिरहेका छन् ।















