ओखलढुङ्गा । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकामा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । स्थानीय लिखु खोलाले बगाउँदा चम्पादेवी–१० का ३६ बर्षीय रोहित ढुंगेल बेपत्ता भएका हन् ।
गाई किनेर लिखु खोला किनाराको बाटो हुँदै रोहित र उनका बुबा घर फर्किदै थिए । सोही क्रममा चिप्लिएर खोलामा खस्दा रोहित बेपत्ता भएका हुन् ।
उनको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।