संगालोखबर सम्बाददाता


धनकुटा । धनकुटा बजारमा मास्क नलगाई हिड्ने १९ जनालाई पक्राउ गरेर जरिवाना तिराइएको छ । बजारका बिभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरी जरिवाना तिराएर छाडिएको हो ।

गत शुक्रबार ६ जना र आईतबार १३ जनालाई पक्राउ गरेर कारबाही गरिएको धनकुटाका प्रहरी प्रमुख गोबिन्द अधिकारीले जानकारी दिए । ‘बजारका बिभिन्न स्थानमा मास्क नलगाई हिड्नेहरुलाई माक्स लगाउँन सचेत गराउँदा अटेर गरेपछि पक्राउ गरेर जरिवाना तिराएका हौ ।’ एसपी अधिकारीले संगालोखबरसँग भने–‘मास्क लगाउँन अटेर गर्नेहरुलाई पक्राउ गरेर जिल्ला प्रशासन कार्यालय पुर्याई प्रतिव्यक्ति एक/एक सय रुपैयाँ जरिवाना तिराएर छाडेका छौ ।’

Advertisement

जिल्ला प्रशासन कार्यालयले यसअघि सूचना जारी गरेर मास्क नलगाई हिड्ने, भिडभाड गर्ने, सामजिक दुरी कायम नगर्ने जस्ता प्रबृत्तिले कोरोनाको जोखिम बढेको भन्दै त्यसो नगर्न सचेत गराउँदै अटेर गरे कारबाही गर्ने चेतावनी दिएको थियो । संक्रमण ऐन २०२० अन्र्तगत अटेर गर्नेलाई १ महिनासम्म कैद वा १ सय रुपैयाँसम्म जरिवाना गराउँनसक्ने कानुनी प्रावधान छ ।

सोही अनरुप प्रशासनले अटेर गर्नेलाई जरिवाना तिराएको हो । त्यस्तै धनकुटा बजारमा माक्स नलगाई हिड्ने करिब डेढ सय मानिसलाई तत्काल मास्क किनाएर लगाउँन लगाईएको प्रहरी प्रमुख अधिकारीले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!