ईलाम । ईलाम नगरपालिकाको कार्यालयबाट बृद्ध भत्ता लिएर घर फर्कदै गरेकी एक बृद्धा मृत फेला परेकी छन् । देउमाई नगरपालिका–४ की ७२ बर्षीया सन्च रानी लिम्बु देउमाई नगरपालिका–२ मा रहेको सार्की खोलामा मृत फेला परेकी हुन् ।
बिहिवार अपरान्ह साँढे ५ बजे खोलामा उनको शव भेटिएको हो । बृद्धा मृत भेटिएको खबर पाएपछि ईलाका प्रहरी कार्यालय मंगलवारेबाट प्रहरी टोली घटनास्थल गएको थियो ।
मृत्युको कारण खुल्न सकेको छैन । घटनाको बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।