Sangalo Khabar

धनकुटा । बुधबार धनकुटाका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरान स्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा थप एक पुरुषमा संक्रमण भेटिएको स्रोतले संगालोखबरलाई जानकारी दिएको छ ।

Advertisement

धनकुटाका १६ जनाको पीसीआर बिधिबाट परीक्षण गर्दा एक जनामा संक्रमण भेटिएको हो । यसअघि मंगलबार ६७ जनाको परीक्षण गर्दा तीन स्वास्थ्यकर्मी, एक सुरक्षाकर्मी र एक जना स्वास्थ्यकर्मीका आफन्त गरी ५ जनामा संक्रमण पुष्टि भएको थियो ।

आईतबार एक स्वास्थ्यकर्मी महिलामा संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा पुगेका ८३ जनाको स्वाब संकलन गरी धरान पठाईएका मध्ये ६ जनामा कोरोना संक्रमण भेटिएको हो । योसँगै धनकुटामा कोरोना संक्रमितको संख्या ७ पुगेको छ ।

Update News…

धनकुटाका ७ औं कोरोना संक्रमित प्रहरी जवान

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement