संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा पहिलो पटक कोरोना संक्रमित फेला परेका छन् । धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा धनकुटाकी ३४ बर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

संक्रमित महिला धनकुटा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रहेको स्रोतले संगालोखबरलाई जानकारी दिएको छ । धनकुटा बजारमा बस्दै आएकी उनी नियमित डिउटीमा खटिदै आएकी थिईन् ।

धनकुटामा कार्यरत केहि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको स्वाब संकलन गरी परीक्षणका लागि धरान पठाईएको थियो । पाँच जनाको स्वाब परीक्षणका लागि धरान पठाईएको मध्ये एक महिलामा संक्रमण भेटिएको हो । धनकुटामा पहिलो पटक कोरोना संक्रमण भेटिएपछि उच्च सर्तकता अपनाईएको छ ।

Update News…

धनकुटा बजार क्षेत्र सिल गर्ने निर्णय, कडाई गर्न सेना परिचालन गरिने

यो पनि पढ्नुहोस्…

धनकुटा र बिराटनगरका तीन जनामा कोरोना संक्रमण पुष्टि

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!