धनकुटा । आईतबार साँझ धनकुटा र बिराटनगरका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा बिराटनगरका दुई जना र धनकुटाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बिराटनगरका ३५ बर्षीय पुरुष, २९ बर्षीया महिला र धनकुटाकी ३४ बर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश नं. १ मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मातहतको कोरोना सुचना डेक्सले संगालोखबरलाई जानकारी दिएको छ ।
धनकुटामा भेटिएकी संक्रमित महिला धनकुटा बजारमा बस्दै आएकी छन् । उनी कामको सिलसिलामा धनकुटा बजारमा बस्दै आएको स्रोतले जनाएको छ ।
Update News..
धनकुटामा पहिलो पटक स्वास्थ्यकर्मीमा देखियो कोरोना