सन्तोष रुचाल/संगालोखबर

धनकुटा । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई रोकथाम गर्न धनकुटा बहुमुखी क्याम्पसले विद्युतीय हाजिरी स्थगित गरेको छ ।

Advertisement

विद्युतीय हाजिरीको माध्यमबाट भाइरसको संक्रमण बढ्न सक्ने जोखिम रहेकाले अर्को सुचना नभएसम्मका लागि आजदेखि विद्युतीय हाजिरी स्थगित गरिएको क्याम्पस प्रमुख होमबहादुर बस्नेतले जानकारी दिए ।

क्याम्पसले सुचना जारी गरी हाजिरी पुस्तिकामा हाजिर गर्न प्राध्यापक, कर्मचारीहरुलाई आग्रह गरेको छ । जिल्लाका प्रायः सबै शैक्षिक सस्थामा विद्युतीय हाजिरी प्रयोग गर्ने गरिएको छ ।

कोरोनाको संक्रमण रोकथाम गर्न धनकुटा–६ सिरानबजारको गोकुण्डेश्वर माध्यमिक विद्यालयले पनि केहि दिन अघि विद्युतीय हाजिरी बन्द गरिसकेको छ ।

यो पनि हेर्नुहोस्…

कोरोना सतर्कता: धनकुटाको गोकुण्डेश्वरले बन्द गर्यो बिधुतीय हाजिरी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!