Sangalo Khabar

धनकुटा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामशरण महतले प्रेस स्वतन्त्रता नभए लोकतन्त्र समाप्त हुने बताएका छन् । नेपाल प्रेस यूनियनले आज धनकुटामा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै नेता महतले यस्तो बताएका हुन् ।

Advertisement

पूर्व अर्थमन्त्रीसमेत रहेका नेता महतले लोकतन्त्रका लागि प्रेस स्वतन्त्रताको महत्वपूर्ण भूमिका हुँने बताए । उनले सरकारले अहिले ल्याउन लागेको प्रेस विरोधी कानूनले लोकतन्त्रलाईनै समाप्त पार्न सक्ने खतरा औल्याए ।

फरक प्रंसगमा उनले मुलुकको विकास र समृद्धीको जग नेपाली कांग्रेसले बसालेको दावी गरे । कांग्रेसले २०४८ सालमा मुलुकमा विकास र समृद्धीको जग बसालेकाले अहिलेसम्म त्यसैको भरमा मुलुकको विकास भईरहेकको उनको तर्क छ ।

प्रेस स्वतन्त्रताका लागि पत्रकारको आन्दोलन

सरकारले प्रेस स्वतन्त्रतालाई नै अंकुस लगाउँने गरी ल्याउँन लागेको कानुनको बिरोधमा देशभरका पत्रकारहरु आन्दोलित छन् । नेपाल पत्रकार महासंघ धनकुटा शाखाको आव्हनमा आज जिल्लाका पत्रकारहरुले पनि हातमा कालो पट्टी बाधेर काम गरिरहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement