झापा। झापाको कनकाई नदी पुलमा शङ्कास्पद वस्तु फेला परेको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गतको पुलमा कागजले बेरिएको अवस्थामा आइतबार बिहान प्रेसर कुकर फेला परेको प्रहरीले जनाएको छ । शंकास्पद वस्तुबारे स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको छ ।
सुरक्षाका कारण अहिले पुलमा सवारीसाधन तथा पैदलयात्रीलाई समेत आवतजावतमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए ।
उनका अनुसार प्रेसर कुकरजस्तो देखिने शङकस्कापद वस्तुमा ३० मिटर लामो बिजुलीको तारसमेत जडान गरिएको देखिन्छ ।
चारआलीस्थित श्रीनाथ गणबाट नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगिसकेको उनले जानकारी दिए ।