गोमा ढुंगाना/संगालोखबर

धनकुटा, २५ वैशाख । धनकुटालाई प्रदेश नं.१ को राजधानी बनाउँन माग गरिरहेका वेला बिराटनगरलाई राजधानी घोषणा गरिएपछि आक्रोशित जिल्लाबासीले दवावमूलक आन्दोलन जारी राखेका छन् । राजधानी घोषणा गरिएको बैशाख २३ गतेलाई धनकुटाबासीले ‘कालो दिन’ भनेका छन् ।

Advertisement

धनकुटाको माग संबोधन नगरिएको बिरोधमा सडक आन्दोलनमा उत्रिएका जिल्लाबासीले मंगलबार कोशी राजमार्गमा चक्काजाम गर्नुका साथै साँझ ‘ब्लाकआउट’ गरेर बिरोध जनाए । बुधबार (आज) पनि दिउँसो ३ देखि ४ बजेसम्म चक्काजाम गरिने आन्दोलनकर्ता बिजयसन्तोषी राईले बताए ।

प्रशासनीक गौंडा हुँदै यसअघि पूर्वाञ्चल बिकासक्षेत्रको सदरमुकाम रहेको धनकुटाको अस्तित्व, पहिचान र ईतिहास मेट्न खोजिएको भन्दै आक्रोशित उनीहरुले अब प्रदेश सरकारले धनकुटालाई जिवन्तता दिन बिशेष संबोधन गर्नुपर्ने माग अघि सारेका छन् ।

धनकुटामा मेडिकल कलेज, कर, श्रम र पर्यटन लगायत कार्यालय राखेर जिल्लाको अस्तित्व मेटिनबाट जोगाईनुपर्ने उनीहरुको माग छ । यसका लागि आन्दोलन परिचालन समितिको नेतृत्वमा आन्दोलन भईरहेको छ ।

अब पनि जिल्लाको माग संबोधन नभएमा आन्दोलनको आधिवेहरी ल्याउँने जिल्लाबासीले चेतावनी दिदै आएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!