
बिराटनगर, २० बैशाख । १ नम्बर प्रदेशको स्थायी राजधानी बिराटनगर राख्ने बिषयमा नेकपा भित्र सहमति भएको छ । नेकपा हाइकमाण्डको बैठकले राजधानी विराटनगर राख्ने तय गरेको हो । नाम भने अर्को अधिवेशनले टुङ्गो लगाउने सहमति भएको नेकपा स्रोतले जनाएको छ ।
बैठकपछि नेताहरूले लिखित रूपमा सहमतिपत्र तयार पार्दैछन् । जसमा राजधानी वृहत विराट क्षेत्रको विराटनगरमा हुनेछ। राजधानीको संरचना विराटनगर, इटहरी र गोठगाउँमा रहनेछ। राजधानीको संरचनामा कार्यपालिका र व्यवस्थापिका रहनेछ ।
तीन दिन देखि प्रदेश एक संसदमा सहभागी दलका प्रतिनिधि र विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने नेकपा सांसदसँगको रायका आधारमा दलले अन्तिम निर्णय लिएको हो ।
नामका बारेमा भने पुनः विस्तृत छलफल गरेर सबैलाई मान्य हुने निर्णय आउने बताइएको छ । नेकपा संसदीय दलको बैठक भने आइतबार १ बजेलाई बोलाइएको छ ।















