सजिवन अत्यन्त लाभदायक सब्जी हो। भनिन्छ, सजिवनले शिरदेखि पाउसम्म औषधीय गुण बोकेको हुन्छ। नेपालमा सहजै पाइने भए पनि सजिवनको औषधीय गुणका बारेमा भने कमैलाई मात्र थाहा छ। छिप्पिएको सजिवनको कोसामा छेक्रा हुने हुँदा धेरैले मन पराउँदैनन् तर कलिलोमा भने निकै मुलायम हुन्छ।

Advertisement

यस्ता छन् २० गुण

  • सजिवन या सजिवनको पात सितलचिनी सेवन गर्नाले शरीरमा रहेको विकारयुक्त रगत शुद्धीकरण हुन्छ।
  • हड्डी मजबुत बनाउन भूमिका खेल्छ।
  • कोलेस्टेरोल लेबललाई नियन्त्रणमा राख्न मद्दत गर्छ।
  •  उच्च रक्तचाप नियन्त्रण गर्न विशेष भूमिका हुन्छ।
  •  रोघा–खोकी जस्ता संक्रमण हुनबाट जोगाउँछ।
  • गर्भावस्थामा आउने विभिन्न समस्यालाई नियन्त्रण गर्न मद्दत गर्छ।
  •  छालासम्बन्धी संक्रमणबाट जोगाउँछ।
  •  सजिवन पोषणयुक्त सब्जी भएको हुनाले कुपोषण हुनबाट जोगाउँछ।
  • सजिवनको पातलाई सितलचिनी अर्थात् मोरिङ्गा भनेर चिनिन्छ, जुन आयुर्वेदिक क्षेत्रमा ३ सयभन्दा बढी रोग निदान गर्छ भनिएको छ।
  •  सजिवनले खाना पचाउन पनि ठूलो भूमिका खेलेको हुन्छ।
  • सजिवनको कोसा, पात, डाँठ, फूल, मुन्टा, जरा प्रयोगमा आउने हुँदा व्यावसायिक हिसाबले पनि उच्चकोटीको वनस्पति मानिन्छ, जसले मनग्य आम्दानी दिन्छ।
  •  सजिवनको जारा कुटेर रस नियमित खानाले किड्नीमा रहेको पथ्थरी हटाउन मद्दत गर्छ।
  • सजिवनको पात नियमित सेवन गर्नाले मस्तिष्कसम्बन्धी समस्या समाधान गर्छ।
  •  कलेजो खराब हुनबाट जोगाउँछ।
  • चोट–पटकलाई छिटोभन्दा छिटो निको बनाउन मद्दत गर्छ।
  • छालाका लागि सजिवनको पत्ता उपयोगी मानिन्छ।
  •  सजिवनको तेल कपालका लागि उत्तम मानिन्छ।
  •  मुटुसम्बन्धी विभिन्न रोग लाग्नबाट बचाउँछ।
  •  शरीरमा आउने निराशपन हटाएर स्फुर्ती थप्ने काम गर्छ।
  • पेटसम्बन्धी विभिन्न रोगहरु निदान गर्नुका साथै पेट सफा गर्ना मद्दत पुर्‍याउँछ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!