सुरुङ्गा (झापा), १४ चैत । झापाको दमकमा हिजो साँझ भएको सवारी दुर्घटनामा परी एक भारतीय नागरिकको मृत्यु भएको छ ।

Advertisement

दमक–४ स्थित चिया बगान नजीकै पूर्व पश्चिम राजमार्गमा ना६ख २८९३ नंको मालवाहक ट्रकले ठक्कर दिँदा भारत घर भई हाल दमकमा ज्याला मजदुरी काम गर्दै आएका एक व्यक्तिको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृतकको नाम, थर र वतन भने नखुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक होमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!