
उदयपुर, २ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले उदयपुरको मन्दिरमा पुजा अर्चना गर्नु भएको छ । मध्ये तराईको भ्रमणको क्रममा उदयपुर पुग्नुभएको पूर्वराजा शाहले गाईघाटको राधाकृष्ण मन्दिर लगायतका विभिन्न मन्दिरमा पुजा गर्नु भएको हो ।
राजा शाहले राधामाधव समितिको भवनको समेत अवलोकन गर्नुभएको छ ।
राधाकृष्ण मन्दिर, भगवती मन्दिर र राधा माधव समितिको संयुक्त आयोजनामा राधाकृष्ण मन्दिर परिषरमा पुजा गरेको प्रचारप्रसार समितिले जनाएको छ ।















