भद्रपुर, २८ फागुन । जङ्गली हात्तीको आक्रमणबाट कनकाई नगरपालिका–२ का ६३ वर्षीय होमनाथ खनालको मृत्यु भएको छ ।

Advertisement

आज अपराह्न जामुनखाडी सामुदायिक वनमा घाँस काट्न जानुभएका खनाललाई हात्तीले कुल्चेर मारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार खनालसँगै घाँस काट्न गएका कनकाई–२ माझी गाउँका चार जना भने भागेर बच्न सफल भएका छन् । घटनास्थलमा इलाका प्रहरी कार्यालय सुुरुङ्गाको प्रहरी टोली पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!