भद्रपुर, २८ फागुन । झापाको कचनकवल–२ पाठामारीमा हिजो साँझ भान्सामा खाना पकाउने क्रममा एलपी ग्यास चुहावट भएर आगगाली हुँदा एउटै परिवारका छजना जलेर घाइते भएका छन् ।

Advertisement

घाइते हुनेमा ३० वर्षीया भारतीदेवी यादव, २९ वर्षीया चन्द्रकुमारी यादव, ७ वर्षीय आयुष यादव, ८ वर्षीया नियाकुमारी यादव, २९ वर्षीय शिवकुमार यादव र १८ वर्षीया चाँदनी यादव रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार घाइते सबैलाई स्थानीयवासी र प्रहरीको सहयोगमा उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलमा भर्ना गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!