गर्मीमा हाेस् या जाडाेमा हिँडडूल धेरै गर्दा मानिसहरुमा पसिना आउनु स्वाभाविक हाे । तर शरीरको काखी तथा खुट्टामा यही पसिनाका कारण बढी दुर्गन्ध फैलिने हुन्छ । यो समस्याले मानिसहरु हैरान भएका हुन्छन् ।
यसबाट छुटकारा पाउन अपनाउनुहोस् यस्ता उपायः
१. कागतीको रसको प्रयोग
कागतीलाई आधा गरी काटेर काखीमुनि दल्ने गर्नाले पसिनाको दुर्गन्धलाई अलि कम गर्छ । साथै जसले पसिनामा रहेको ब्याक्टेरिया फैलनबाट रोक्ने काम गर्दछ ।
२.नीमको पात
नीमको पातलाई पानीमा उमालेर कपडाले छानेर नुहाउने शरीरको दुर्गन्ध हटाउने काम गर्दछ ।
३. गुलाब जल
गुलाब जलका केही थोपाहरु पानीमा मिसाएर नुहाउनाले शरीरमा रहेको ब्याक्टेरिया फैलनबाट रोक्ने तथा दुर्गन्ध पनि हट्ने काम गर्दछ ।
४.मह
नहुइसकेपछि पानी एक चम्चा मह मिलाएर दुर्गन्ध फैलिने ठाउँमा प्रयोग गर्नाले दुर्गन्धबाट बच्न सकिन्छ । मह यस्तो वस्तु जुन औषधिको रुपमा प्रयोग गरिन्छ ।
५. पुदिना
पुदिनाले पनि शरीमा रहेका ब्याक्टेरिया हटाउनुका साथै दुर्गन्ध रोक्न पनि सहयोग गर्छ । यसको प्रयोग पुदिनाको पातलाई उमालेर पानीमा नहुनाले दुर्गन्ध कम गर्छ ।
६. बेसन तथा चनाको पिठोको प्रयोग
बेसन तथा चनाको पिठोलाई दहीमा मिसाएर नहाउनुभन्दा अगाडि शरीरमा १५ मिनेट जति लगाएर नहुनाले शरीरमा रहेको दुर्गन्ध हटाउन मद्दत मिल्छ ।